काठमाडौं । चालक अनुमति पत्रको वर्ग थपका लागि पनि आवेदन खुलेको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै खुलाएको जानकारी दिएको छ ।
विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाईन प्रणालीमार्फत आवेदन खुलाएको हो।
विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोर पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाईन आवेदन दिन सकिने जानकारी दिएका हुन्।
यस अघि सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन विभागले खुलाएको थियो।