प्रतिनिधि सभाको बैठकमा डा. चन्द्रमोहनको प्रश्न– ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर कहाँ हरायो ?

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले विगतमा २० करोड र पछि २ करोड रुपैयाँ विनियोजन हुनुका साथै चार बिघा जमिनसमेत छुट्याइसकिएको यो रणनीतिक आयोजना वर्तमान सरकारको प्राथमिकतामा नपरेको भन्दै आपत्ति जनाए।
नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले धनुषाको ढल्केबरमा निर्माणका लागि प्रस्तावित ट्रमा सेन्टरको वर्तमान अवस्थाबारे सरकारसँग स्पष्ट धारणा माग गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले विगतमा २० करोड र पछि २ करोड रुपैयाँ विनियोजन हुनुका साथै चार बिघा जमिनसमेत छुट्याइसकिएको यो रणनीतिक आयोजना वर्तमान सरकारको प्राथमिकतामा नपरेको भन्दै आपत्ति जनाए।
बजेट भाषणमा अर्थमन्त्री र सदनमा स्वास्थ्यमन्त्रीले मधेश प्रदेशमा ट्रमा सेन्टर बनाउने भने पनि ढल्केबरको नाम नलिएकामा दुःख व्यक्त गर्दै सांसद यादवले दुर्घटनाको उच्च जोखिम र जनसङ्ख्याको अनुपातका आधारमा ढल्केबर नै ट्रमा सेन्टरका लागि सबैभन्दा उपर्युक्त स्थान भएको तर्क गरे।
पूर्व-पश्चिम र कोशी राजमार्गको संगमस्थलमा प्रस्तावित उक्त आयोजनालाई पन्छाएर सरकारले विकासका मुद्दामा राजनीति गर्न खोजेको आरोप लगाउँदै उनले “ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर कता हरायो?” भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।