२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले दिएन भिसा | वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ | सहकारी बचतकर्ता अभियानद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा | कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप | पोखराको चक्रदेवी सहकारी संस्थामा तोडफोड, ९ जना पक्राउ | रास्वपाले भन्यो- कानुन भन्दामाथि कोही हुँदैन,अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन | बारा, पर्साका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान | राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै | कैलाश सिरोहियासँग कुनै रिसइबी छैन- प्रधानमन्त्री | कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक शुरु |

काठमाडौं । सरकारले मिटरब्याजी अपराध नियन्त्रण कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान गृहमन्त्री गृहमन्त्री बालकृष्ण खाण सहित सबै सुरक्षा निकाय का प्रमुख लाई बोलाएर मिटरब्याजी माथि कठोर बन्न निर्देशन दिएका थिए । त्यस लगत्तै गृह मन्त्री ले मन्त्रीस्तरीय निर्णयबाट ६ सदस्यीय कार्यदल गठन गरेका छन् । गृह मन्त्रालयका सह–सचिव डा. भीष्म भुसालको संयोजकत्वमा रहेको कार्यदलमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य रहेका छन् ।

कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई मनोनयन गरिएको गृह मन्त्रालयले जनाएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।