२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम गर्दैछ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामना तथा अभिमुखिकरण कार्यक्रमको आज उद्घाट्न गर्र्नुहुनेछ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रम ललितपुरको हेरिटेज गार्डेनमा हुनेछ ।

कार्यक्रमको पहिलो दिन आज उद्घाटनपछि संविधान, स्थानीय तह, राजश्व, तीनै तहका सरकारको अन्तरसम्बन्धलगायत क्षेत्रका विज्ञ काशिराज दाहाल, जगदिश भट्टराई, डा विश्वनाथ पौडेल र सन्तोषमणि नेपालले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यसैगरी दास्रो दिन पार्टीका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पार्टीका नेता एवं गृहमन्त्री बालकृष्ण खाण, प्रवक्ता डा प्रकाशशरण महतले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।