२०८१ बैशाख १ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा १२ हजार विद्यार्थीको क्षमता बढ्यो | एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात | एसीसी प्रिमियर कप : मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य | संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस गर्न समिति गठन | सरकारले गर्‍यो सुन्तलालाई राष्ट्रिय फल घोषणा | एसिसि प्रिमियर कप : मलेसिया विरुद्द नेपालले पहिला बलिङ गर्ने | राष्ट्रियसभाको रिक्त सदस्यमा एमालेकी अञ्जान शाक्यलाई सिफारिस | संसद अधिवेशन अन्त्य गर्न सिफारिस | भेडीगोठमा आगलागी हुँदा एकजनाको मृत्यु | नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलका नेता चौधरी निलम्बित |

काठमाडौं । मधेस प्रदेश को छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा दुई जना बालक सहित तीन जनाको मृत्यु भएको छ । जनकपुर–ढल्केबर सडकअन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित सडकमा बसले साइकललाई ठक्कर दिँदा स्थानीय १३ वर्षीय विशाल दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जनकपुरधामबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना५ख १४४१ नम्बरको बसले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते बालकको जनकपुरधामस्थित जानकी हेल्थकेयरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

यस्तै धनुषाको धनुषाधाम नगरपालिका–२ मखनपुरस्थित मखनबाबा कुटी पोखरीमा बिहीबार डुबेर स्थानीय भोला मण्डलको चार वर्षीय छोरा अनिशकुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । साथीसँग खेल्दै पोखरीमा नुहाउन गएका बेला डुबेर बालकको मृत्यु भएको हो । त्यस्तै यता सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–५ जोगिनियामा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको जनाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार सप्तरीको राजविराज नगरपालिका–९ मलेठ बस्ने विजय मेहताको ४० वर्षीय श्रीमती अनुराधा मेहताको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

भारदहबाट राजविराजतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ प७६२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएकी उनको पनि छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।