२०८१ बैशाख १ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त सम्झादारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले चार्जिङ स्टेशन निर्माण तथा सञ्चालनसम्बन्धी भएको सम्झौताका लागि विद्युत् प्राधिकरणलाई धन्यवाद दिनुभयो । उनले आगामी दिनमा प्रहरी जनशक्ति बढी भएका प्रहरी कार्यालयमा चार्जिङ स्टेशन विस्तार गर्नसमेत आग्रह गरे । विद्युत् तथा विद्युतीय पोल चोरीलगायत विषयमा विद्युत् प्राधिकरणसँग यसभन्दा अगाडि पनि सहकार्य गर्दै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले राजमार्ग र पहाडी जिल्लामा स्थापना भएका चार्जिङ स्टेशनको सुरक्षाका लागि नेपाल प्रहरी सदैव तयार रहेको बताए।

समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत् प्राधिकरणले राजमार्गको हरेक ६० किलोमिटरमा एउटा चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य रहेको जानकारी गराउँदै त्यसका लागि प्रहरीको भूमिका सबैभन्दा बढी महत्वपूर्ण रहने बताउनुभयो । उनले यस सम्झौताले आगामी दिनमा नेपाल प्रहरीसँगको सम्बन्ध थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उनले चार्जिङ स्टेशन स्थापना गर्ने कार्यमा सुरक्षा चुनौती र स्थानको समस्यालाई समाधान गर्न नेपाल प्रहरीसँगको सहकार्य अत्यन्तै महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।