२०८१ बैशाख १ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । अभिनेता पल शाहविरुद्धको मुद्दामा पेशी तोकिएको छ । बालिका बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका शाहको नवलपुर जिल्ला अदालतमा भोलि ८ भदौ र तनहुँ जिल्ला अदालतमा १५ भदौका लागि पेशी तोकिएको छ । शाहविरुद्ध जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपरासी सुस्ता पूर्व (नवलपुर)मा जबरजस्ती करणीसम्बन्धी छुट्टाछुट्टै मुद्दा दर्ता छन् । दुवै अदालतले थुनछेक बहसमा पुर्पक्षका लागि उनलाई थुनामा पठाउने आदेश गरेका थियो । त्यसपछि शाहले उच्च अदालतमा पुनरावलोकन रिट दर्ता गराए पनि आदेश आइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।