२०८१ बैशाख १ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

अछाम । अछाममा मानसिक सन्तुलन गुमाएकी सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको छैन ।

सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको श्रव्यदृश्य (भिडियो) सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई बुहारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिनुभयो । सार्वजनिक भएको भिडियोमा उनीहरुले न्यौपानेलाई यातना दिँदै लछारपछार गरेको देखिन्छ । स्थानीयवासीका अनुसार मानसिक सन्तुलन गुमाएकी न्यौपाने बोल्न सक्नुहुन्न । उहाँका श्रीमान्समेत शारिरिक अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।