२०८१ बैशाख १ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामले आर्थिक वर्ष २०७८/७९ मा १९ करोड १२ लाख मूल्य बराबरको रासायनिक मलखाद बिक्री गरेको छ ।

यस आवमा १२ करोड १३ लाखको डिएपी, रु छ करोड ५२ लाखको युरिया र ४६ लाखको पोटास बिक्री गरेको कार्यालय प्रमुख बेचन साहले जानकारी दिनुभयो । आव २०७८÷७९ मा पाँच हजार मेट्रिक टन युरिया, चार हजार पाँच सय मेट्रिक टन डिएपी र एक सय टन पोटास मल बिक्री गर्ने वार्षिक लक्ष्य रहेकामा तीन हजार आठ सय तीन मेट्रिक टन युरिया, दुई हजार पाँच सय ९१ मेट्रिक टन डिएपी र ३० टन पोटास मात्र आपूर्ति भएको उहाँले बताए ।

आव २०७८/७९ मा आपूर्ति भएको र अघिल्लो आवको समेतबाट युरिया चार हजार ६७ मेट्रिक टन, डिएपी दुई हजार छ सय ९६ मेट्रिक टन र पोटास एक सय ३९ दशमलव चार सय ५० टन बिक्री भएको प्रमुख साहले बताउनुभयो । आव २०७७/७८ मा कृषि सामग्री कम्पनी जनकपुरधामले रु २५ करोड ३९ लाख बराबरको रासायनिक मल बिक्री गरेको थियो । अघिल्लो आवको भन्दा आव २०७८/७९ मा लक्ष्यभन्दा कम मल आपूर्ति भएकाले बिक्री घटेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।