२०८१ बैशाख १ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । दाङमा चट्याङ लागेर गए राति दुई महिलाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १२ को १६ वर्षीया दिपा घर्ती र १९ वर्षीया मोनिशा शाह रहेको प्रहरी ले जनाएको छ । गाउँमा तीजको नाचगान गरिरहेको स्थानमा गए राति १२ बजेतिर चट्याङ लागेर मृत्यु भएको प्रहरी ले जनाएको छ । घटनामा परी १० जना घाइते भएको र तीमध्ये गम्भीर भएका दुई जनालाई उपचारका लागि अस्पताल ल्याइएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।