२०८१ बैशाख १ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । स्वर्गद्वारी दर्शन गरेर फर्केका ८ तीर्थयात्री सवार रहेको जिप प्युठानमा दुर्घटना हुँदा सबैको मृत्यु भएको छ ।

स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङरी सडकबाट लु१च ६३४५ नम्बरको जिप खस्दा जीपमा सवार ८ जना कै मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले बताए ।

मृत्यु हुनेमा चार बालबालिकासहित दुई महिला र दुई पुरुष रहेका प्युठानका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताए ।

शव अस्पताल लग्ने तयारी भइ रहेको छ । लमही ५ का चालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान खुलेको छैन् । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।