२०८१ बैशाख १ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सोमबार राति १२ बजे भावुक भएको क्षणको एउटा भिडियो पोस्ट गरे । त्यो भिडियो मा उनले निर्वाचित भएको भोलि देखिको श्रमदानको नतिजा थियो । कोकाहा खोलाको पानी धरान ल्याउन ऊनी सफल भएका हुन ।

कडा परिश्रम र मेहेनतको परिणामस्वरूप कोकाहाको पानी धरान ल्याउन सफल मेयर साम्पाङलाई अहिले सामाजिक सञ्जालमा मानिसहरूले बधाई दिइरहेका छन् ।

पानी आए पछी ऊनी सहित जनताहरु रातभर त्यही जाग्राम समेत बसेका छन् । मेयर साम्पाङले आज बिहान फेसबुकमा लेख्दै कोकाहा खोलाको पानीमा नुहाउन धराने जनतालाई आह्वान गरेका छन् ।

उनले लेखेका छन्, ‘आज ११ बजेदेखि कोकाहा खोलाको पानीमा नुहाउने कार्यक्रम रहेको छ ! कोकाहाको पवित्र जलले नुहाउन धरान २० को माया धराने साबुन फ्याक्ट्री निर्माण स्थल छेउ पकुवा खोलामा आउनु होला ! जय श्रमदान !’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।