२०८१ बैशाख १ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई दुर्व्यवहार गर्ने नेपाल विद्यार्थी संघ(नेविसंघ)का नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरी प्रहरीले मोरङको बूढीगंगाबाट नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई आज बिहान नियन्त्रणमा लिएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयमा २२ वर्षपछि विज्ञापन खुलाएर कर्मचारी भर्ना प्रक्रिया अघि बढाएका सेवा आयोग अध्यक्ष दाहाललाई नेविसंघ, मोरङले दुर्व्यवहार गरेको हो। सोमबार इटहरी उपमहानगरको आँपगाछीस्थित आवासमा प्रवेश गरेर नेविसंघका नेताहरूले दाहालको अनुहारमा कालो पदार्थ पोखिदिएका हुन् ।

प्रहरीले आयोगका अध्यक्ष दाहालको जाहेरीको आधारमा नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।