२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । काठमाडौं महानगरपालिका का मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अवहेलनाको मुद्दा आज हेर्न नभ्याइने भएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, मुद्दाको चापका कारण आज उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको हो । उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए । सोही अभिव्यक्ति लाई लिएर अधिवक्ता वर्षाकुमारी झाले शुक्रबार बालेनविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।