२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने भएको छ ।

बजेट पारित गर्नुअघि बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरु यथावत् रहने जानकारी गराएका हुन् ।

बजेट पारीत हुनु अघि बोल्दै उनले भने , “संघीय संसदको संयुक्त बैठकमा मैले मिति २०८० जेठ १५ गते प्रस्तुत भएको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको अनुसूची १६ को खण्ड क को क्रमसंख्या १० मा रहेको प्रावधानको सट्टा त्यसलाई हटाइ हाल कायम रहेको जिल्ला निर्वाचन कार्यालय सम्बन्धी व्यवस्था जुन अहिलेसम्म रहिआएको छ, यथावत् नै रहेको ब्यहोरा नेपाल सरकारको तर्फबाट सम्मानित सदन एवम् सम्माननीय सभामुखज्यूलाई जानकारी गराउन चाहन्छु’ उनले भने, ‘जस्तो पहिला व्यवस्था थियो त्यस्तै व्यवस्था हुँदा नै निर्वाचन आयोगको स्वतन्त्र रुपमा जिल्ला जिल्लामा काम गर्ने कुरा सुनिश्चित हुन्छ । अन्य विकल्प भन्दा त्यही नै विकल्प हो भन्ने जुन कुराहरु आएको छ, त्यही अनुसार यो प्रस्ताव पेश भएको छ । सभामुख र सदनलाई नेपाल सरकारको तर्फबाट जानकारी गराउँछु ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।