२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

हेटौंडा । हेटौंडामा नेपाल बैंकको एटीएममा तोडफोड भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-५ स्थित सानोपोखरा मा रहेको नेपाल बैंक लिमिटेडको एटीएममा गए राती तोडफोड भएको हो । एटिएम तोडफोड भएपनि नगद चोरी नभएको प्रहरीले जनाएको छ ।

प्रहरीले तोडफोड भएको एटीएम बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए । बैंकको नजिकै रहेको एक हार्डवेयर पसलमासमेत तोडफोड भएको छ ।

पसलबाट एउटा ल्यापटप र धाराका सामग्रीहरु चोरी भएको व्यवसायीको दाबी छ । यस विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।