२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँमा नियम उल्लङ्न गरेको आरोपमा ट्राफिक प्रहरीले २ हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्न गर्ने दुई हजार दुई सय तीन सवारीसाधन र चालक कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

उनका अनुसार मापसेमा ६९, लेन उल्लङ्नमा एक सय २०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ सवारी चालक कारबाहीमा परेका छन् । यसैगरी प्रष्ट देख्ने नम्बर प्लेट नराख्नेमा २१, उच्च गतीमा सवारी चलाउनेलाई एक सय ४७ र अन्य एक हजार सात सय ४५ गरी कुल दुई हजार दुई सय तीन सवारी चालकलाई कारबाही गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।