२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा सूचना प्रविधि क्षेत्रको प्रयोग बढाउँदै लैजानु आवश्यक रहेको बताएका छन् ।

नेपालमा सूचना प्रविधि क्षेत्रको विकासका राष्ट्रिय आयाम विषयक सम्मेलनमा उनले,  मौद्रीक नीतिले समेत सूचना प्रविधिमा आधारित व्यापारलाई प्रोत्साहन गरेको दाबी गरे । विशेषत विदेशबाट रेमिट्यान्स प्राप्त गर्ने गरी क्रस बोर्डर भुक्तानीलाई  व्यवस्थित गर्न लागिएको बताउँदै उनले बैंक तथा वित्तिय संस्थाले सूचना प्रविधिको क्षेत्रमा ठुलो लगानी गरेको बताए । उनले भने ‘मौद्रीक नीतिले पनि वैदेशिक मुद्रा भित्र्याउन सहजिकरण गर्ने गरि सूचना प्रविधि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ । ’

अनलाईन व्यापार  र अनलाईन पेमेन्टलाई प्रोत्साहन गरिदाँ नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा योगदान पुग्ने उनको विश्वास छ । सिलिकन भ्याली र भारतको बैंलोरलाई हेरेर पनि विश्वमा डिजिटल क्षेत्रको महत्व र योगदान कति भन्ने थाहा हुने भन्दै गर्भनर अधिकारीले नेपालले पनि डिजिटल क्षेत्रको विकासमा थप काम गर्नु आवश्यक भएको औल्याँए ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।