
काठमाडौं । सांसदहरुले नेपालमा किसानहरुले समयमा मल नपाएको भन्दै गुणस्तरीय मलको व्यवस्था समयमा नै गर्नुपर्ने माग राखेका छन् ।सोमवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा सांसदहरु किसानले मल नपाउँने समस्या हरेक बर्ष दोहोरिने गरेको स्मरण गराउँदै यो समस्या सधैका लागि अन्त्य हुने गरी विकल्प खोज्नु पर्ने बताए ।
पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले किसानहरुले एक बोरा मल ७ जनाले बाड्नु पर्ने र मल बढी मूल्यमा बेच्ने कालाबजारी जस्तो समस्या रहेको औलाए । बैठकमा उनले ६० प्रतिशत रोपाई भएकोमा मल गुणस्तरीय छ कि छैन् ? अहिले किसानहरुले मल नपाए कहिँले पाउँने जस्ता प्रश्नहरु उठाए ।

उनले भने,‘एक बोरा माल ७ जनाले बाँड्नु पर्ने र मल बढी मूल्यमा बेचेर काला बजारी भयो भन्नुभएको छ त्यसमा छलफल गर्नुपर्छ । हामी नेपाली हो कि होईन् ? हामीलाई सरकाले मल पनि दिन सकेको छैन् । हामीले किनेर ल्याएको मलपनि हाम्रो जीविको पार्जनको लागि न्यूनीकरण दिँदैन् । ६० प्रतिशत रोपाई भएको छ । मल गुणस्तरीय छ कि छैन् । अहिले किसानहरुले मल नपाए कहिँले पाउँने ?मल किन समयमा आउँदैन ? वितरण प्रणालीलाई कसरी प्रभावकारी बनाउँने ?त्यो आजको बैठकबाट निर्देशन दिएर लागु हुनुपर्छ ।’
सांसदरुले उठाएको प्रश्नको उत्तर दिँदै कृषि तथा पशुपंक्षी मन्त्री बेदुराम भुषालले नेपालमा मल प्रशस्त रहेको दावी गरे । उनले सरकारले आयात गरेको मल पनि गुणस्तरीय नै रहेको भन्दै द्धुविधा राख्न जरुरी नरहेको बताए ।
उनले भने,नेपालमा मल छ । र सरकारले आयात गरेको मल गुणस्तरीय छ । यसमा कुनै द्धुविधा राख्न जरुरी छैन् । वितरणमा स्थानीय तहलाई जिम्मा दिएको छ । जुन सहकारीहरुले सिफारिस गरेका छन् । हाम्रा नीति नियमहरुमा कहाँ गोलमेल भएको छ भन्ने जानकारी लिने काम हाम्रो हो । हामी सबै मिलेर मन्त्रालयको र स्थानीय प्रशाासनलाई भनेर परिचालन गरेर समस्याहरु नियाल्ने छौं ।’
किसानको लागि ल्याएको मल रोकिएको छैन् । नरोक्नको लागि स्थानीय प्रशासनलाई भनिएको छ । रोकिएको छ भने स्थानीय तहको कुनै व्यक्तिको कारणले होला । ’