२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । न्यायलयमा मुद्दाका चाङ बढ्दै गएपनि राजनीतिक खिचातानीका कारण तीनै तहका न्यायाधीश नियुक्ती प्रक्रिया अघि बढ्न सकेको छैन । प्रधानन्यायाधीश नियुक्तीको सिफारिस गर्न मंगलबार बसेको संबैधानिक परिषद् बैठक बिहीबार बस्नेगरी बिना निष्कर्ष सकिएको छ । बिहीबार ५ बजे बस्ने बैठकले पनि नयाँ प्रधानन्यायाधीश नियुक्तीको सिफारिस गर्नेमा आशंका गरिएको छ । साथै सर्वोच्च, उच्च र जिल्ला अदालतमा लामो समय देखि न्यायाधीशहरू रिक्त छन् । न्यायाधीश नियुक्ती गरेर न्याय सम्पादनलाई चुस्त र दुरुस्थ बनाउन सरकारको ध्यान पुगेको छ ।


सर्वोच्च अदालतमा शुक्रबारदेखि प्रधानन्यायाधीशसहित ७ जना न्यायाधीश रिक्त हुँदैछन् । त्यस्तै, उच्च अदालतमा मुख्य न्यायाधीशसहित ५४ जना र जिल्ला न्यायाधीश ३८ जना रिक्त भैसकेका छन् । सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी रहेको छ । ६५ उमेर हदका कारण सेवा निवृत्तका हुँदा शुक्रबारदेखि १४ जना मात्रै न्यायाधीश हुनेछन् । न्यायाधीश नियुक्तका लागि बस्नुपर्ने न्याय परिषद् बस्न सकेको छैन ।


सर्वोच्च अदालतका प्रधानन्यायाधीश अध्यक्षसहित न्याय परिषद्मा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, सर्वोच्च अदालतका बरिष्ठतम एकजना न्यायाधीश, राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेको एकजना कानुनविद, नेपाल बार एशोसिएसनको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त २० वर्ष अनुभव प्राप्त बरिष्ठ अधिवक्ता वा अधिवक्ता रहने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।