
काठमाडौं । अधिवक्ता भगवती पाण्डेलाई पक्राउको माग गर्दै काठमाडौं प्रहरी परिसरको कार्यालयमा ढुंगामुढा भएको छ । नेपाल मगर संघ र नेपाल तामाङ संघले परिसर अगाडि प्रदर्शन गरेको हो।
प्रदर्शन गर्न गएको समूहले प्रहरी कार्यालयमाथि ढुंगामुढा प्रहार गरेको प्रहरीले जनाएको छ । उक्त क्षेत्र केहिबेर तनाव ग्रस्त भएको थियो । प्रदर्शनको क्रममा दुवै पक्षबाट हानाहान भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा प्रदर्शन गर्ने २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा २२ जना पुरूष र ६ जना महिला छन्। प्रदर्शन को क्रममा केहि घाइते समेत भएका छन् ।

उनीहरूले अधिवक्ता पाण्डेलाई पक्राउ गर्नुपर्ने बताएका थिए। यद्यपि परिसरले बुधबार बिहानै पाण्डेलाई पक्राउ गरी बयान लिइरहेको छ ।
थप समाचार विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ -