२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, क्वीन्टल सुन प्रकरण छानविनका लागि समिति बनाउँदा सरकारको अनुसन्धान प्रकृयामा प्रभाव पर्ने तर्क गरेकी छिन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले अनुसन्धान गरिरहेको भन्दै त्यसका लागि समिति गठन गर्नु आवश्यक नभएको तर्क गरिन् ।


उनले भनिन् ‘सरकारले नचाहेको भए सम्भवत यो सुन समातिने थिएन् । यो सुन प्रकरण पनि हुने थिएन् । त्यसैले सरकारले नै छानविन गरिरेहको अवस्थामा थप छानविन समिति बनाउने कुराले सरकारको अनुसन्धान प्रकृयामा प्रभाव पर्छ ।’


उनले सुन प्रकरणको विषयमा अनुसन्धान विभागले गम्भीर अनुसन्धान गरिरहेको बताइन् । ‘सुन प्रकरणको विषय प्रधानमन्त्री कार्यलय अन्तर्गतको राजस्व अनुसन्धान विभागले एयरपोर्टबाट ठुलो मात्रमा सुन बरामद गरेको छ। र त्यसको बारेमा अनुसन्धान प्रकृया अगाडी बढीरहेको छ ।’ उनले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।