२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मानव अधिकार उल्लंघनका घट्नालाई निरुत्साहित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित अभिलेखालय तथा श्रोत केन्द्रको उद्घाटन कार्यक्रममा मन्त्री शर्माले सत्य निरुपण मेलमिलाप आयोग सम्बन्धि विधेयक अहिले संसदीय समितिमा उपसमिति गठन भएर करिब अन्तिम चरणमा रहेको बताईन् ।


उनले भनिन्,‘सरकारको तर्फबाट मानव अधिकार उलङघ्नका घट्ना मुख्य रुपमा द्वन्द्वकालीन युद्धमा जे जस्ता घट्नाहरु भए तिनलाई अब टुङग्याउँनुपर्छ भनेर सत्य निरुपण मेलमिलाप आयोग सम्बन्धी विधेयक अहिले संसदीय समितिमा छ ।

त्यहाँ उपसमिति गठन भएर करिब अन्तिम चरणमा छ ।’ स्थानीय सरकार ,प्रदेश सरकार र नेपाल सरकार सबै मिलेर यस विषयलाई अगाडि बढाउँने पनि उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।