२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले भीआईपी र भीभीआईपीहरुको उपचार नेपालमै गर्नको लागि विशेषज्ञ डाक्टरहरुको टिम तयार गरेको बताएका छन् ।

आज मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री बस्नेतले भीआईपी र भीभीआईपीहरुको उपचार नेपालमा गर्नाले जनताको माग पूरा हुने, र देशको सम्पत्ति बाहिर नजाने भन्दै चिकित्साकहरुको टिम बनाउँने बताए ।

उनले भने, भीआईपी र भीभीआईपीहरुको उपचारको नेपालमा नै गर्नुपर्छ, नेपालमा भएका विशेषज्ञहरुबाट जुन उपचारको लागि माननीयहरु बाहिर जानु भएको छ त्यो उपचार नेपालमा नै हुन सक्छ । यसकारण विशेषज्ञ डाक्टरहरुको टिम तयार गरौं र वीर अस्पतालमा यसको सेवा सुरु गरौं । यहाँ हुदाँ हुदैँ पनि कोही बाहिर जान चहानु भयो भने उहाँहरु आफ्नो स्वखर्चमा जानु हुन्छ । यसबाट जनताको माग पूरा हुने, देशको सम्पत्ति बच्ने हुन्छ र नेपाली चिकित्साकहरुप्रति विश्वास पनि बढ्छ । अब नेपाली स्रोत र साधनबाट उपचारका लागि आवश्यक सबै उपकरणहरु उपलब्ध छ । ’

मन्त्री बस्नेतले उक्त स्वास्थ्यकर्मीहरुको टिमले नेपालको स्वास्थ्य क्षेत्रमाथि विश्वास बढाउनुको साथै भएको जनशक्तिले बाहिरको नागरिकलाई पनि उपचारको लागि नेपालमा ल्याउँन सक्ने बताए ।

यसको साथै वीर अस्पतालमा ८ बजेदेखि ओपीडी सेवा सुरु गर्दा सेवा राम्रो भएको र सरकारी अस्पतालमा विरामीको संख्या बढ्दै गएको पनि उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।