२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । सूचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले, प्रविधिको विकासले देशको मानीस मात्रै नभई सेवासमेत निर्यात गर्ने अवस्था पुगेको बताएकी छिन् । आईतबार काठमाडौंमा भुवन चैत्य बसुन्धरा फाउण्डेशनद्वारा आयोजित सर्जक स्रष्टालाई पुरस्कार अर्पण समारोहमा उनले यूवाहरुमा देशमा रोजगार पाईदैँन विदेश जानुपर्छ भन्ने धारणा मात्र भईरहेको बेला प्रविधको विकासले देशले मानीस मात्र नभई सेवा निर्यात गर्ने अवस्थामा पुगेको बताइन् ।


उनले भनिन्, ‘यूवाहरुमा यहाँ रोजगार पाईदैँन विदेश जानुपर्छ भन्ने थियो । आज प्रविधिको विकासले गर्दा हामीले मानिस होईन सेवा निर्यात गर्ने अवस्था पुगेका छौं। यस क्षेत्रमा राष्ट्रिय तथा अन्राष्ट्रिय स्तरमा भएको विकास र सम्भावनाको खोजी गर्ने काम हामी बाहिर नगई यहिबाट गर्न सक्छौं ।’


उनने अहिले सिनेमा क्षेत्रमा आएका नयाँ पुस्ताहरु र उनीहरुले गरेको योगदानलाई सबैले सम्मान गर्न आवश्यक रहेको बताइन् । चलचित्र क्षेत्रको विकासको लागि मन्त्रालय र सरकार सँधै सकारात्मक रहेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।