२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज -सोमबार_ देशभरको मौसम सामान्य देखि पूर्ण बदली रही बागमती सहित चार प्रदेशमा भारी वर्षा हुने जनाएको छ ।


हाल देशभर मौसम सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।


आज दिउँसो देशभर मौसम सामान्य देखि पूर्ण बदली रहनुका साथै सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।महाशाखाले आज कोशी, मधेश, बागमती, गण्डकीमो धेरै स्थान तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुने उल्लेख गरेको छ ।


त्यस्तै सोमबार राती कोशी, मधेश, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन सहित भारी वर्षा हुने प्रक्षेपण महाशाखाको रहेको छ । साथै बाँकी अन्य प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।


पछिल्लो चौविस घण्टामा सबैभन्दा धेरै वर्षा लुम्लेमा ३० दशमलव ५ मिलिमिटर मापन भएको छ । त्यसपछि पोखरामा २६ दशमलव १ मिलिमिटर, घोराहीमा २५ मिलिमिटर र काठमाडौंमा १८ दशमलव ६ मिलिमिट वर्षा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।