२०८१ जेष्ठ ३१ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
कर्मचारीलाई प्रधानमन्त्रीले भने : हजुर, हस्, भइहाल्छले अब चल्दैन | मधेश सरकारको सांसदलाई पैसा बाड्ने निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश | सरकारमा बसेर काम गर्न नसके बाहिरिन्छौं : गृहमन्त्री लामिछाने | कारोबारसँगै बढ्यो सेयर बजार | वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ | गिरीबन्धुको जग्गा सरकारी होइन, भ्रममा नपर्न संचालकहरुको अपिल | जेनेभा पुगे राष्ट्रपति पौडेल | उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित | सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्र्छ : सांसद बर्तौला | क्यान नेतृत्वमाथि छानबिन गर्न आयोग गठन गर्नुपर्ने सांसद आचार्यको भनाई |

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी र जनताले उठाएको उच्च स्तरीय छानविन समितिको बनाउने मागमा सहमति भए अवरुद्ध संसद खुल्ने बताएका छन् ।

शीर्ष तीन दलको बैठक जारी रहदा पत्रकारहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले उच्च स्तरीय छानविन समिति बनाउने सहमति भए सदन पनि अघि बढ्ने विश्वास व्यक्त गरे । उनले भने ‘ प्रतिपक्ष र जनताले उठाएको माग उच्च स्तरीय छानविन समिति बनाउँने कुरामा सहमत भएर आउँने छ र सदन अगाडि बढ्नेछ भन्ने विश्वास छ । ’

सचेतक बर्तौलालले संसदीय समितिको विषयमा पनि एक खालको सहमति भएको बताए ।उनले भने ‘ समितिको विषयमा नेकपा एमाले र अरु दलहरुबीच एकप्रकारको सहमति भएको छ । आज सदन अगाडि बढाएर समितिको नेतृत्व चयनको प्रक्रिया समेत अगाडि बढाउँने कुरा बैठकमा राखेका छौ । विषयगत समितिमा केही सदस्यहरु हेरफेर गर्न पर्ने छ ।

हामीले हाम्रो तर्फबाट पनि हेरफेर गर्नुपर्ने छ त्यसको तयारी गरेका छौ । यसको विषयमा सभामुखले यहीबाट आफ्नो घोषणा गर्न सक्नु हुनेछ । ’ यसैबीच संघीय संसद सचिवालयबाट अपरान्ह ४ बजे बस्ने संसद बैठक बस्ने सूचना जारी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।