२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । नेपाल तामाङ घेदुङ र नेपाल मगर संघ सहित विभेदकारी कानून खारेजी राष्ट्रिय अभियानले भगवती पाण्डेलाई कारवाही र शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी दमन विरुद्ध  विरोध प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको बानेश्वरमा विवादास्पद अभिव्यक्ति दिने भगवती पाण्डेलाई कारवाही र शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी दमन र ज्यादति गरेको भन्दै त्यसकोविरुद्ध विरोध कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा नुवाकोट प्रदेश सांसद राधिका तामाङले आन्दोलनमा प्रहरीले महिलाहरुको संवेदनशील अंगमा प्रहार गरेको भन्दै दोषीलाई कारवाही गर्नु पर्ने माग गरिन् । सांसद तामाङले जसको निर्देशनमा भएको भएता पनि निष्पक्ष छानविन गरेर दोषी माथि कारवाही गर्न आफुहरुले गृह मन्त्रीसँग कुरा राखिसकेपनि त्यसकै दबाबको लागि आन्दोलनमा उत्रिएको बताइन् ।

उनले भनिन् ,‘आन्दोलनमा महिलाहरुको संवेदनशील अंगमा प्रहार गर्नुभएको छ, छुनु भएको छ, दमन गर्नुभएको छ यो निन्दनीय छ । जस्को निर्देशनमा भएको भएतापनि उहाँ यसको कारवाहीको भागेदार हुनुपर्छ । निष्पक्ष छानविन गरेर दोषी माथि कारवाही गर्न हामीले गृह मन्त्रीलाई भनिसेका छौं । त्यसकै दबावको लागि विरोध गरेका हौं ।’

उनले उक्त विषय  गृह मन्त्रीले दोषीलाई कारबाही नगरे उक्त विषयले संसददेखि सडकसम्म प्राथमिकता पाउँने बताईन् ।उनले भनिन्,‘ संसदमा पनि विषय उठाउँने छौं ।  संघिय संसदमा विषयले प्रवेश पाएको छ । यदी गृह मन्त्रीले जुन किसिमको बाँचा गर्नुभएको छ त्यो पूरा नभए संसददेखि  सडकमा सम्म यो विषयले प्राथमिकता पाउँछ ।’ यस अघि आजै उनीहरुले गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।