२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शीर्ष नेताहरू आज पुनः छलफलमा बस्ने भएका छन् । सोमबार सभामुखको नेतृत्वमा छुट्टाछुट्टै शीर्ष तीन दलका नेतासहित बसेको दुबै बैठक निर्णयमा पुग्न नसक्दा केहीबेरपछि -बिहान १०_ बजेलाई पुनः बैठक बोलाईएको छ ।

सुन प्रकरणमा छानबिन समिति बनाउने विषयमा एमालेको अडानलाई लिएर हिजो सिंहदरबार र बानेश्वरमा भएका दुवै छलफल निष्कर्षमा पुग्न सकेन । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा थप छलफलका लागि बैठक बोलाईएको छ ।

आज दिउँसो ३ बजेको लागि बोलाईएको प्रतिनिधिसभा बैठक बस्नु अघि प्रमुख दलबिच सहमति जुटाउने प्रयास स्वरूप उक्त बैठक डाकिएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत छलफलमा सहभागि बन्नेछन् ।

हिजो १ बजेका लागि बोलाईएको प्रतिनिधि सभा बैठक शीर्ष दलको नेतृत्वसँग कुरा नमिल्दा सूचना मार्फत सारियो तर बस्न सकेन । राष्ट्रिय सभा भने एमाले सांसदको अवरोधको कारण स्थगित भयो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागलाई सत्तारुढ दलले अस्वीकार गरेपछि गत १२ साउन देखी नै संसद अवरुद्ध हुँदै आएको छ । त्यसलाई हटाउन सभामुख सहित सक्तापक्षले छलफल गर्दै आएपनि प्रयास सफल भएको छैन् । आजको बैठकबाट निष्कर्ष निकाल्ने अपेक्षा शीर्ष नेताहरूले गरेपनि छलफल सकारात्मक नभए आज दिउँसो तीन बजे बोलाईएको प्रतिनिभिसभा बैठक अन्यौंलमा पर्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।