
काठमाडौं । निरन्तरको भारी वर्षाको कारण बनेपा धनेश्वर क्षेत्र डुवानमा परेको छ ।
काभ्रेको व्यस्थ सडको रुपमा रहेको बनेपा पनौति सडक खण्ड अन्र्तगत धनेश्र क्षेत्र डुवानमा परेको हो । गयरातीबाट परेको अविरल वर्षाको कारण मंगलबार बिहान धनेश्वर क्षेत्र भएर बग्ने पुन्यमाता खोलामा पानीको सतह बढ्दा खोला पुलमाथि बाट सडकमा आएको छ । उक्त क्षेत्र पुरै डुवानमा परेको छ ।

स्थानीय जनप्रशासन र प्रहरीले बाढीबाट हुने सम्भावित क्षतिबाट बच्न डुवान क्षेत्रका बासिन्दालाई सुरक्षीत स्थानमा जान आग्रह गरेका छन् ।