२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । नेकपा एमालले, सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको भन्दै उनीमाथि छानविन कस्ले गर्ने भन्दै प्रश्न उठाएको छ ।आजको प्रतिनिधि सभाको बैठक सुरु हुनेसाथ समय लिएर बोल्दै एमाले सांसद योगेश भट्टराईले, आफूहरुको शंका गृहमन्त्री र प्रधानमन्त्री कार्यालयमाथि समेत रहेको भन्दै सरकारी संयन्त्रले सुन प्रकरणमा गर्ने छानविन मान्य नहुने चेतावनी दिए ।


उनले भने ‘गृहमन्त्री जी तपाईको पोलिटिकल को छ ? फिल्ड कमिसार को छ ? तपाईको आदेश फिल्ड कमिसारले मानेको छैन् कि ? फिल्ड कमिसारको सूचना तपाईले फेरिफाई गर्नु भएको छैन् । हामीलाई गम्भीर शंका छ । त्यसकारण गृहमन्त्री जीसंग पनि बयान कस्ले लिन्छ ? के सिआइबीले लिन्छ ? के राजस्व अनुसन्धानले लिन्छ ? अर्थमन्त्री माथि हाम्रो प्रश्न छ । प्रधानमन्त्री कार्यालयमाथि हाम्रो प्रश्न छ । राष्ट्रिय अनुसन्धान विभागमाथि हाम्रो प्रश्न छ । यत्रा निकाय त्रिभूवन विमानस्थलमा हुदाँ ती कहाँ सुतेका थिए । यीनीहरुमाथि कस्ले प्रश्न उठाउँछ ? ’


उच्चस्तरिय छानविन समिति गठन भए आन्दोलन जारी रहने बताएका उनले समिति गठनबारे भोटिङ गर्न उनको माग छ ।
उनले भने ‘भोटिङ गरौं समिति गठनका लागि । यदी त्यसका लागि नबनाउँ भन्यो भने मान्न तयार छौ ।’ पहिलो पटक यस विषयमा हाम्रो पार्टीले कुरा उठायो , त्यसमा प्रतिपक्ष दलका सबै सांसदहरुले यसबारे कुरा उठाउँदा पनि सरकारले नसुनेको उनको भनाई छ । सुन काण्डमा उच्चस्तरिय छानविन समिति चाहिन्छ भन्ने कुराको राष्ट्रिय सहमति रहेको दाबी गरेका उनले छानविन समिति नबने सदन चल्न नदिने संकेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।