
कपिलवस्तु । कपिलवस्तुमा एकै घरका दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको छ । कृष्णनगर नगरपालिका–५ बगहीका रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजनको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।
खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे डुबेको अवस्थामा शव फेला परेको थियो । माटो निकालेर पानी जमेको पोखरीमा दाजुभाइको शव फेला परेको उनले बताए ।
मङ्गलबार बेलुकादेखि हराएका दाजुभाइको शव घर नजिकैको पोखरीमा फेला परेपछि तौलिहवा जिल्ला अस्पतालमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
