
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा ट्राफिक व्यवस्थापनका लागि भन्दै खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले प्रयोग गरेको वाकिटकीबारे छानबिन गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको छ ।
मङ्गलवार नारायणगढ–मुग्लिन सडक खण्डको काली खोलामा पहिरो गएपछि ट्राफिक समस्या व्यवस्थापनका लागि भन्दै ज्याकेटमा ंआरएटीं लेखेर रास्वपाका कार्यकर्ताले वाकिटकी पनि बोकेर परिचालन भएका थिए ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले निकाल्नुभएको सूचनामा ‘सञ्चारको साधन वाकिटकीसमेत देखिएकोमा त्यसको स्वीकृत र दर्तावाला हो।होइन छानबिन गर्न प्रहरीलाई निर्देशन गरिसकिएको’ उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले विपद्का घटनामा राजनीतिक दलको परिचयविना स्वयंसेवकका रूपमा उद्धारमा सहयोग गर्न आग्रह पनि गरेको छ ।