२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । संघीय संसदका दुबै सदनका बैठकहरू आज (शुक्रबार)का लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दुबै सदनका बैठकहरूमा आवरोध जारी राखेकापछि आजसम्मका लागि स्थगित गरिएको हो ।

संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बोलाइएको छ भने दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक डाकिएको छ । एमालेले अवरोध नगरे राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न पत्रहरू जानकारी गराउने कार्यसूची छ । साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुकोव्यहोरा पढेर सुनाउनेसहितको कार्यसूची छ ।

त्यस्तै, प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी पनि गराउने छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी थुनामा छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ कोदफा ४२ कोउपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने कार्यक्रम छ । यद्यपी मन्त्री गुरुङ भने अस्वस्थ छन् । 

प्रमुख प्रतिपक्षी नेकपा एमाले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समितिको माग गर्दै साउन १० गते देखि संघीय संसद अवरुद्ध गर्दै आएको छ ।     

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।