
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले पार्टीले संसद नचलेको बेलामा कुनै सेवा सुविधा नलिने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठक पछि पत्रकारहरु संग कुराकानी गर्दै सभापति लामिछानेले संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिने व्यवस्था गरिदिन सभामुखलाई आग्रह गरेको बताएका छन् । उनले भने,संसद नचलेको दिनको सेवा सुविधा पैसा नलिने र त्यो नलिने व्यवस्थाको लागि हामीले अनुरोध गरेका छौं ।

सभापति लामिछानेले नेपाली जनताको लागि केही गर्न नपाउँदै पैसा लिनु भनेको आफुहरुलाई स्वीकार्य नभएको बताए ।