
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्रसंघीय आवासिय संयोजक हन्ना सिंगर ह्यम्डीबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा मन्त्री बस्नेत र संयुक्त राष्ट्रसंघीय आवासिय संयोजक ह्याम्डीबीच शिष्टाचार भेटवाता भएको हो ।
भेटमा नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि ह्याम्डीले संयुक्त राष्ट्रसंघ र एजेन्सीहरुले गर्दै आएको सहयोग र सहकार्यलाई जारी राख्ने प्रतिवद्धता व्यक्त गरिन् ।

मन्त्री बस्नेतले सहयोग र सहकार्यका लागि हन्ना र संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुलाई धन्यवाद दिदै भविष्यमा पनि सहयोग तथा सहकार्य जारी रहने विश्वास व्यक्त गरेका छन् ।