२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । उप प्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक नाराले मात्र लोकतन्त्रको रक्षा हुन नसक्ने टिप्पणी गरेका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको चौथो त्रैमासिक वार्षिक समिक्षा बैठकलाई सम्बोधन गर्दे उनले राजनीतिक नाराले मात्र लोकतन्त्रको रक्षा हुन नसक्ने बताएका हुन् ।


लोकतन्त्रिक उपलब्धीलाई माध्यम बनाएर जनतालाई डेलीभरी दिन नसके नाराको मात्रै कुनै औचित्य नहुने उनको भनाई छ ।
उनले भने, ‘लोकतन्त्रिक उपलब्धिलाई माध्यम बनाएर जनतालाई डेलीभरी दिन सकेनौं भने जनताको जीवनमा वास्तबीक परिवर्तन ल्याउन सकेनौ भने ,राजनीतिक परीवर्तनबाट हाम्रो जीवनमा र पोल्टामा यति चिज प्राप्त गर्न सक्यौं र भन्ने अनुभूति जनतालाई गर्न सकेनौ भने , राजनीतिक नाराले मात्र लोकतन्त्र रक्षा हुन सक्दैन् ।’


गृह मन्त्री श्रेष्ठले मन्त्रालयले, अहिले सम्म गरेको काम सामान्य सन्तोषजनक भएपनि उक्त कामलाई अझै व्यवस्थीत, प्रभावकारी र परिणाममुखी बनाउँन गम्भीर आत्मसमिक्षाको प्रक्रियामा रहेको बताए । उनले भने, ‘गृह मन्त्रालयले अहिलेसम्म गरेको काम सामान्य सन्तोषजनक भएपनि हामी हाम्रो कामलाई अझै व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउँन गम्भीर आत्मसमिक्षाको प्रक्रियामा छौं । त्यसलाई सुधार अभियानको रुपमा अगाडी बढाउँने छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।