
काठमाडौं । दुर्गम भेगका विमानस्थलमा १२ बजेपछि उडान नगर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय खारेज गर्न सरोकारवालाले प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन ।
प्राधिकरणले मौसमको कारण देखाउँदै दिउँसो १२ बजेपछि उडान रोकिरहेको छ । यसले नागरिकलाई आवतजावत गर्न सास्ती तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल लाई ध्यानाकर्षण गराइएको हो ।

जहाज कुर्दा हुम्लामा हाल सम्म २ जना बिरामीको ज्यानसमेत गइसकेको भन्दै उनीहरुले ‘अपरेशन आवर’ निर्णयलाई खारेज गरि स्थिति सहज बनाउन कर्णाली पर्यटन उद्यमी समाजको संयोजकत्वमा निर्णय खारेजीका लागि कर्णालीका नागरिक, सरोकारवाला र पर्यटन व्यवसायीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको हो ।