
सिमकोट । हुम्लाको दक्षिणी भेगको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताँजकोट–४ का २० वर्षीय कर्ण ढकाल रहेका छ्न ।
उनको पानलोटी भिरबाट लडेर मृत्यु भएको हो । ढकाल गाईवस्तु चराउन अदानचुली र ताँजाकोटको बीच भागमा पर्ने पानलोटी खर्क गएका थिए । उनको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिएका छ्न ।
