२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । आरती साहको हत्या भएको भन्दै मृतकका आफन्तले न्याय पाउनु पर्ने मागसहित आज पनि माईतीघरमा विरोध प्रर्दशन भएको छ । जनकपुरधाम उपमहानगर पालिका ९ स्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी साहको हत्या भएको भन्दै मृतकका आफन्तले सुरु गरेको आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि साथ दिएको छ ।


मंगलबार काठमाडौंको माईतीघरमा साहको विषयमा आवाज उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रहरीले गरेको ज्यादतीको बारेमा आफुले पहल गरेको बताएका छन् । ‘यो मुद्धा अदालतले हेर्छ र प्रहरीले गरेको ज्यादतीको बारेमा म जानकार छु र मैले त्यसको बारेमा अनुसन्धानको लागि जिम्मा दिएको छु । चाडै नै अनुसन्धान हुनेछ । ’


जनकपुरधाम उपमहानगरपालिका–९ की आरतीको शव घरमै झुन्डिएको अवस्थामा जेठ ७ गते आइतबार बेलुका फेला परेको थियो । उनको शरीरभरि जताततै नीलडाम देखिएकोले हत्या गरिएको माइत पक्षको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।