
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले माइतीघरमा अनशनरत धनुषाकी आरती साहका परिवारका सदस्यको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।
आरती साहको मृत्युको घटनामा दोषीलाई कारबाही गर्नुपर्ने माग राखेर करिब दुई महिनादेखि साहका आफन्तहरु माइतीघरमा अनशनमा बसेका छन । त्यस्तै आरती रावलको माग सम्बोधन गर्न समेत राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । बैवाहिक बलात्कारको आरोपमा दोषीलाई प्रभावकारी कारबाहीको माग गर्दै आरती रावल अनशनमा बसेकी छन ।

आयोगले निरन्तर अनशनका कारण उनीहरुको स्वास्थ्यमा पर्न सक्ने जोखिमप्रति संवेदनशील हुँदै संवादको माध्यमबाट समस्या र माग सम्बोधन गरी अनसनरत व्यक्तिको मानव अधिकारको रक्षा गर्न आग्रह गरेको हो ।