
काठमाडौं । नेपाली राष्ट्रिय टिमका खेलाडि सन्दीप लामिछानेविरुद्धको मुद्दा आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको छ । नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित हुदै आएको थियो ।
लामिछाने पक्षले ‘गौशाला’ २५ को जन्ममिति गलत भएको र उनी नाबालिग नभएको जिकिर गर्दै प्रमाण पेस गरेको थियो । त्यसरी पेस गरिएको जन्मदर्ताको प्रमाणपत्र नै नक्कली प्रमाणित भएपछि पहिलोपटक मुद्दाको सुनुवाइ हुन लागेको हो । जिल्ला आदालत बाट आजै फैसला आउन सक्ने उच्च सम्भावना छ ।
