२०८० मंसिर १५ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । अविरल वर्षाका कारण सेती नदी किनारामा जोखिम बढेपछि उक्त स्थानमा रहेका स्थानीय बासिन्दाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

नेपाली सेनाले अन्य निकायको समन्वयमा जोखिममा परेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

तनहुँ जिल्ला, शुक्लागण्डकी न.पा.–४, पुल्चोकस्थित रहेका ३ वटा घरहरू जमिन भासिएर सेती नदीमा खस्ने जोखिम बढेपछि बुधबार नेपाली सेनालाई उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

यसको साथै, जोखिममा रहेका घरहरुबाट स्थानीयबासीको लत्ता कपडा, खाद्यान्न तथा भाडावर्तन लगायतका सामग्रीहरु समेत सुरक्षित स्थानमा लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।