२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले, प्रतिपक्षमा बस्नु पर्दाको पीडा खप्न नसकेर बारम्बार संसद अवरुद्ध गरेको आरोप लगाएका छन् ।

बुधबार जनकपुर पुगेका अर्थमन्त्री महतले, प्रतिपक्षले बहुमत सांसदले बनाएको सरकारलाई स्वीकार गरेर अघि नसकेको उनको तर्क छ । ‘सहज रुपमा सरकारलाई स्वीकार गर्ने गर्नु पर्यो । प्रतिपक्षमा बस्ने वित्तिकै त्यसलाई सहनै नसक्ने त गर्न भएन नी । ’

एमालेले विना कारण संसद अवरुद्ध गरेको भन्दै अर्थमन्त्री महतले सदन बन्द हुदाँ कयांै काम रोकिएको बताए । ‘संसद भनेको जनताले निर्वाचित जनप्रतिनिधिले समसामयीक विषयमा घनिभूत छलफल गर्ने थलो हो । ऐन कानून बनाउने थलो हो । कतिपय ऐन हामीले संघीय संरचना अनुसार परिर्माजन गर्नु पर्ने छ । संघीय व्यवस्थालाई हामीले घनिभूत गर्नु छ । स्थानीय निकायलाई बलियो बनाउनु छ । प्रदेश संरचनालाई बलियो बनाउनु छ । संसद नचलेर संघीय कानून नबनेर स्थानीय प्रदेश कानून बनाउन अड्चन आइहरेको छ ।’ उनले भने ।

आफूहरु प्रतिपक्षमा रहदाँ अनावश्यक रुपमा सदन अवरुद्ध नगरेको उनको दाबी छ । ‘हरेक पटक केही न केही बहानामा त्यो संसदलाई बन्धक बनाइराख्ने । यो भयो भने त यी कुराहरु अगाडि बढ्दैनन् नी । नेपाली कांग्रस जवसम्म प्रतिपक्षमा थ्यो कहिले पनि हामीले संसदलाई अनावश्यक रुपमा बन्द गर्ने बहाना खोजेर बन्द गर्ने त हामीले गरेनौं नी ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।