२०८० मंसिर १३ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । प्रहरी परिसर, काठमाडौंले मासिक समीक्षा विवरण सार्वजनिक गर्दै गितको तुलनामा अपराधको घटना बढ्दै गएको बताएको छ । शुक्रबार प्रहरी परिसर, काठमाडौंमा आयोजित पत्रकार सम्मेलन तथा मासिक समीक्षा कार्यक्रम गरेर साउन महिनाको अपराधको बिवरण सार्वजनिक गर्दा अपराधको घटना बढेको बताएको हो ।


आर्थिक वर्ष २०८० ÷ ८१ मा अभद्र व्यवहारका ४४३ घटना भएका छन भने बैंकिङ कसुरमा २१२ घटना दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७९÷ ८० को तुलनामा यी घटनाहरु निकै बढी हो । आर्थिक वर्ष २०७९ ÷ ८० मा अभद्र व्यवहारका ३७९ मात्र घटना भएको थियो । कार्यक्रममा डीएसपी कुमोध ढुंगेलले अपराधहरु जति नियन्त्रण हुनपर्ने त्यति हुन नसकेको बताए ।
यो साधारण पुलिसबाट हुन सक्ने काम हैन् । नलेज भएको टिम चाहिन्छ । जति हुनु पर्ने त्यही रुपमा नियन्त्रण भएको छैन् । तर हामी सुचनाको आधारमा मात्र काम भईरहेको छ । साईवर व्युरोसंग समन्वय गरेर काम गर्छौ । पुलिसको काममा योजना भन्ने हुँदैन् । ’


ढुंगेलले साईवर व्यूरोको समन्वयमा काम गर्ने बताएछन् । यस्ता कार्यको लागि सूचनाको पहँचको अभाव र समन्वयनको अभाव रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।