
काठमाडौँ । आज नेप्से परिसूचकमा २१ दशमलव ९९ अङ्कको गिरावट भएको छ । आजको कारोबारपछि नेप्से परिसूचक दुई हजार ११ दशमलव १४ बिन्दुमा कायम भएको हो ।
विभिन्न कम्पनीका दुई सय ६९ कम्पनीको ४४ लाख ५९ हजार चार सय ५९ कित्ता शेयर ४३ हजार तीन सय ४६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ४४ करोड ७४ लाख आठ हजार नौ सय ४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय ७२ दशमलव ७३ र जीवन बीमा समूहको उपसूचक एक सय ३४ दशमलव ९० अंकले घटेको छ । बैंकिङ समूह तीन दशमलव ६०, विकास बैंक ३५ दशमलव ६०, वित्त ११ दशमलव ०६, होटल तथा पर्यटन एक सय छ दशमलव २६ र जलविद्युत ५० दशमलव ११ अङ्कले घटेको छ ।
