२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौँ । प्रहरीले, बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व भुमिसुधार मन्त्री चन्द्रदेव जोशीलाई बयान लिन बोलाएर त्यसै फर्काएको छ । सोमबार राष्ट्रिय अनुसन्धान व्युरो सीआईबीको कार्यालयममा नै बयानका लागि बोलाइएपनि आफूलाई त्यसै फर्काइएको पूर्वमन्त्री जोशीले बताए ।


पूर्वमन्त्री जोशीले सामाजिक सञ्जालमा लेख्दै बयानका लागि सीआईबी प्रमुखले बोलाएपछि सोमबार दिउँसो १ बजे सीआईबीको कार्यालय पुगेको तर फेरि बोलाउला भनेर त्यसै फर्काएको बताएका छन् । उनले लेखेका छन्, ‘पहिलो पटक सिआइबी प्रमुख आफैले बयानका लागि भनेर बोलाउनु भयो । तर फेरी अहिले नआउनु भनि खबर आयो । आज फेरी बोलाए बमोजिम सवा १ बजे सीबीआइ कार्यालय पुगेको थिए । तर बयान नलिइ फेरी बोलाउँला भनी फर्काइयो । भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ । म फरार छुँइन ।’


उनले भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा आफ्नो प्रतिबद्धता कायम रहेको भन्दै आफू फरार नभएको पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।