२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

विराटनगर । कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् ।कोशी प्रदेश सभामा ९३ जना सांसद रहेकोमा सोमबारको बैठकमा उपस्थित ७७ जना सांसदमध्ये मुख्यमन्त्री थापाको पक्षमा ४७ मत परेको छ भने विपक्षमा ३० मत प्राप्त भएको घोषणा गरिएको छ ।

सोमबार साँझ अबेर गरी सुरु भएको मतदान प्रकृयामा प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चर्को विरोधको बीच मतदान प्रकृया अगाडि बढेको थियो । 

कोशी प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य इस्राइन मन्सुरीले गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।