२०८० मंसिर १५ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु गर्न आफुसहित संसदमा रहेका प्रमुख दलहरु निरन्तर सक्रिय रहेको बताएका छन् ।


राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले राजनीतिक दलहरुको बीचमा समझदारी निर्माणमा राष्ट्रपतिको शुभेच्छा सकारात्मक भएको बताएका हुन् । संसद सुचारु गर्न दलहरू करिब करिब सहमतिको नजिक पुगेको जनाउँदै प्रधानमन्त्री दाहालले राष्ट्रपतिको शुभेच्छा प्रति आभार व्यक्त गरेका छन् ।


‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरुको बीचमा समझदारी बनोस भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ,’ प्रधानमन्त्री दाहाललाई उद्धत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने,‘यसमा कसैले विमति राख्नुपर्ने कारण छैन् ।

हामी निरन्तर छलफलमा छौ । संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौ । राष्ट्रपतिको शुभेच्छा प्रति आभार व्यक्त गर्दछु ।’ विपक्षी एमाले भने राष्ट्रपतिले बोलाएको बैठकमा सहभागि भएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।