
काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । करिब १७ घण्टा पछि सञ्चालनमा आएको हो ।
सडक विभाग भरतपुरका अनुसार सोमबार राति ८ बजे अवरुद्ध भएको सडक मंगलबार १ बजेदेखि सञ्चालनमा आएको हो ।

यस वर्षको सबैभन्दा ठूलो पहिरो आएर सडक बन्द भएपछि आज रातभर काम गरिएको थियो । यस सडक खण्डको नाम्सी पुल नजिक ठूलो पहिरो गएको हो ।